पराशरद्वारा एसइइको पहिलो व्याचका विद्यार्थीलाई बधाई ज्ञापन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पराशरद्वारा एसइइको पहिलो व्याचका विद्यार्थीलाई बधाई ज्ञापन

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८०, मंगलवार

    दमौली । व्यास नगरपालिका-५ पाटनस्थित पराशर माध्यमिक विद्यालयबाट एसइइ उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन गरिएको छ । विद्यालयबाट एसइइ दिने पहिलो व्याचका विद्यार्थीलाई सोमबार बधाई ज्ञापन गरिएको हो ।

    व्यास नगरपालिका-५ का निवर्तमान वडाध्यक्ष मोहनकुमार श्रेष्ठले एसइइ उत्तीर्ण विद्यार्थीलाई शुभकामना दिँदै विद्यार्थीको उज्वल भविष्यको कामना गरे ।

    कार्यक्रममा विद्यालयका संस्थापक एवं पूर्व प्रधानाध्यापक हेम पौडेल, बेतेनी टोल विकास संस्थाका अध्यक्ष अमर थापा, पाटन टोल विकास संस्थाका अध्यक्ष महेन्द्र गिरी लगायतले पहिलो व्याचमा नै राम्रो नतिजा प्राप्त भएको बताए ।

    सो अवसरमा राम्रो हासिल गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने विषय शिक्षकहरु रामदत्त पौडेल, रुपा श्रेष्ठ, अमृता आले, समीक्षा थापा र शम्भुलाल थापालाई खादा ओढाएर सम्मान गरिएको थियो ।