ज्येष्ठ नागरिकसँग लियाे क्लव अफ तनहुँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    ज्येष्ठ नागरिकसँग लियाे क्लव अफ तनहुँ

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । लियाे क्लव अफ तनहुँले व्यास नगरपालिका-५ पाटनस्थित राष्ट्रिय पराेपकार महासङ्घ जेष्ठ नागरिक आश्रममा आइतबार एक कार्यक्रम सम्पन्न गरेकाे छ । क्लवले ज्येष्ठ नागरिकसँग तिउरे लगाउँदै फलफूल वितरण गरेकाे हाे ।

    कार्यक्रममा क्लवकी अध्यक्ष बसन्ती थापा, लियो डिस्ट्रिक एल नेपालका सचिव सुनिल मिश्र, लायन्स क्लब अफ तनहुँ सत्यवतीका अध्यक्ष रामशोभा श्रेष्ठ, लियो डिस्ट्रिक एल नेपालको ट्रेनिङ पुल पूर्णिमा क्षेत्री लगायतले क्लवले गर्दै आएकाे कामकाे बारेमा जानकारी गराए ।

    कार्यक्रममा आश्रमका अध्यक्ष तारानाथ घिमिरेले लियाे क्लवले सामाजिक क्षेत्रमा गर्दै आएकाे कार्यक्रमकाे प्रशंसा गरे ।