सुन प्रकरण : भन्सार कर्मचारीसहित छ जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सुन प्रकरण : भन्सार कर्मचारीसहित छ जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०८०, आईतवार

    काठमाडौ । राजस्व अनुसन्धान विभागले झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा आज सरकारी कर्मचारीसहित थप छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनजना भन्सारका कर्मचारी र तीनजना भन्सार एजेन्ट रहेका राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

    उनका अनुसार भन्सार अधिकृत सन्तोष चन्द, जाँचकीकुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका छन् । यस्तै भन्सार एजेन्टमा सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली पक्राउ परेका छन् । उनीहरूसँगै अहिलेसम्म उक्त एक सय किलो सुन तस्करी १६ जना पक्राउ परेका छन् ।

    गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको अपरेसनमा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । उक्त सुन हङकङबाट ल्याइएको थियो । –––