काठमाडौ । बारा-४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले संसद अवरुद्ध हुँदा जनताका कुरा राख्न नपाएकाले संसद अवरुद्ध र नाराबाजी अन्त्य हुनुपर्ने बताएका छन् ।
श्रेष्ठले प्रमुख प्रतिपक्षको अवरोधका कारण संसद चल्न नसकेको भन्दै संसद अवरोध गर्ने प्रवृत्ति रोकिनुपर्ने उल्लेख गरे ।
हरेक विषयमा संसदमा छलफल होस् र सरकारलाई खबरदारी गर्न पाइयोस् भन्दै उनले संसद अवरुद्ध र नारावाजीको अन्त्य हुनुपर्ने बताए । ।
उनले भने, ‘ठूलो परिमाणको सुन तस्करीमा संलग्न मुख्य योजनाकार र सुन मालिकहरुलाई पनि सरकारले कारवाहीको दायरामा ल्याउन सकोस् । नागरिकताविहिनहरुलो नागरिकता प्राप्त गर्न कानुन निर्माण भइसक्दा पनि विभिन्न वहानामा दु:ख पाइरहेका जनताको समस्या पनि समाधान गरिओस् ।’
सांसद श्रेष्ठले केही दिन चीनको भ्रमणमा जान लागेको र तराइ मधेशका समस्याका बारेमा संसदमा राख्ने चाहना हुँदाहुँदै पनि संसद सुचारु नभएकाले कुरा राख्न नपाएको बताए ।
सांसद श्रेष्ठको भनाई
अवको केही दिन मित्रराष्ट्र चीनको भ्रमणमा हुनेछु ।
तराई/मधेश, बारा-४ का साथै देशभरका जनताले भोगिरहेका समस्याहरुबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराउने योजना रहेपनि संसद सुचारु नहुँदा आफ्ना कुरा राख्न पाइएन,
कुनै बेला खानेपानी र अन्नको भण्डार मानिने तराई/मधेसले अहिले पानी अभाव भोगिरहेको छ । बर्खाको बेलामा समेत नदी–नाला र पोखरी पनि सुक्दै गएको अवस्था छ । मधेसी जनताको हरेक दिनको दिनचर्या अहिले खानेपानी जोहो गरेरै बित्दै छ । उब्जाउ हुने खेतबारी सुक्न थाले । खानेपानीका चापाकलबाट समेत पानी आउन छाड्यो । खानेपानी संकटले मधेसका गाउँबस्ती पिरोलिएका छन् ।
गण्डक सम्झौता अनुसार २ हजार ५ सय क्युसेक क्षमताको नहरबाट भारतले नेपालतर्फ ८ सय ५० क्युसेक पानी छाड्नुपर्ने हो । तर अहिले सम्झौताको आधा मात्र पनि पानी दिइएको छैन । नेपालको अन्न भण्डार मानिने तराई मधेसमा सिँचाइका लागि पानी अभावको चर्को समस्या तत्काल समाधान गरिनुपर्छ ।
अर्कोतर्फ,
गाईभैंसीमा लाग्ने महामारी रोग लम्पी स्किन नेपालमा फैलिएको ४ महिनाभन्दा धेरै भइसक्यो अहिले ७७ वटै जिल्लामा फैलिएर करिव ५० हजार गाईभैंसी मरिसकेको र ११ लाख संक्रमित छन् । महामारीका कारण अर्वौंको क्षति भएको छ । सुरुमै प्रभावकारी कदम चालिएको भए त्यसले अहिलेको रूप नलिन पनि सक्थ्यो । तत्कालै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेको अवस्थामा अझ एक लाख गाईभैंसी मर्ने र १ खर्व २६ अर्व बढी क्षति हुने सरकारी निकायकै तथ्याङ्क छ ।
ठूलो क्षति बेहोरे पनि सरकारको तर्फबाट कुनै प्रकारको सहयोग नपाएको किसानहरूले गुनासो गर्दै आएका छन् । सङ्क्रमण देखिएका सबै स्थानीय तहमा कम्तीमा एक पशुचिकित्सक र वडामा पशुस्वास्थ्य प्राविधिकको टोलीसहित र्यापिड रेस्पोन्स टीम तयार गरिओस् । सङ्क्रमणदर उच्च देखिएका जिल्लाहरूमा पर्याप्त निशुल्क औषधि र खोपको व्यावस्था गरिओस् । पीडित किसानलाई तत्काल राहत चाहिएको छ । महामारी रोग लम्पी स्किनको नियन्त्रण तथा रोकथामका लागि तत्काल प्रभावकारी कदम चालिओस् ।
ठुलो परिमाणको सुन तस्करीमा संलग्न मुख्य योजनाकार र सुन मालिकहरुलाई पनि सरकारले कारवाहीको दायरामा ल्याउन सकोस् । नागरिकता बिहिनहरुले नागरिकता प्राप्त गर्न कानुन निर्माण भइसक्दा पनि विभिन्न वहानामा दु:ख पाइरहेका जनताको समस्या पनि समाधान गरिओस् ।
यी विषयहरुमा संसदमा छलफल होस् र सरकारलाई खबरदारी गर्न पाइयोस् । संसद अवरुद्ध र नारावाजीको अन्त्य होस् ।
कृष्ण कुमार श्रेष्ठ (किसान)
प्रतिनिधि सभा सदस्य वारा क्षेत्र नं ४