


दमाैली । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष सुजित हिराचनले सबै पालिकाप्रति धन्यवाद व्यक्त गरेका छन् । तनहुँ जिल्लाका सबै पालिकाले विश्व आदिवासी जनजाति दिवसकाे अवसरमा भाेलि सार्वजनिक बिदा दिएपछि हिराचनले धन्यवाद व्यक्त गरेका हुन् ।
हिराचनले विश्व आदिवासी दिवस बुधबार सबै पालिकामा विविध कार्यक्रम सहित मनाइने जानकारी दिए ।