क्यान तनहुँद्वारा क्षमता अभिवृद्धि तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    क्यान तनहुँद्वारा क्षमता अभिवृद्धि तालिम

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । कम्प्युटर एसोसिएसन महांसघ (क्यान) तनहुँको आयोजनामा व्यवसायीको क्षमता अभिवृद्धिका लागि कर सम्बन्धि तालिम सञ्चालन गरेको छ ।

    क्यानसे डिजिटल लेखाका लागि स्मार्ट एकाउन्टिङ सफ्टवेयर बुककिपर सम्बन्धि तालिम सञ्चालन गरेको हो ।

    कार्यक्रममा क्यान महांसघ तनहुँका सम्पूर्ण सदस्य लगायत भिभिन्न व्यवसायका संचालकका साथै लेखा पढ्दै गरेका विद्यार्थी पनि सहभागी थिए ।

    कार्यक्रममा वाइज एड्भाइस कन्सल्टिङका सञ्चालक अनिल थापाले सहजीकरण गरेका थिए । डिजिटल लेखाका लागि स्मार्ट एकाउन्टिङ सफ्टवेयर बुककिपर सम्बन्धि तालिमको सहजीकरण देवराज घिमिरेले सहजीकरण गरेका थिए।

    सो अवसरमा क्यानका केन्द्रीय सदस्य तुल्सीराम पाण्डेले अहिलेको जमानामा व्यवसायीका लागि लेखा राख्ने पुरानो ढड्डा प्रविधिलाई चिर्दै नयाँ डिजिटल र स्मार्ट प्रविधिको आवश्यकता रहेको बताए ।

    तालिम फलदायी रहेको र यस कार्यक्रमबाट धेरै कुरा सिक्न पाएको क्यान तनहुँका सदस्य एवं कार्यक्रम संयोजक पवन पौडेलले बताए ।