काठमाडाै । विद्यार्थी नेतृ एजिला ढकालले नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् । मङ्गलबार विज्ञप्ती जारी गरी ढकालले पार्टीले मनोनयन गरेको उक्त पद अस्वीकार गरेकी हुन् ।
सङ्गठनको संरचना वा बनोट निर्माण गर्दा चुस्तता कायम गर्न नसके यसका निर्दिष्ट लक्ष्य हासिल हुन नसक्ने तथा साङ्गठनिक गतिशिलता एवं प्रभावकारीता समेत कायम हुन नसक्ने यथार्थ बोध गर्न नसकेको विज्ञप्तीमा जनाइएको छ ।
लामो समय रिक्त रहेको नेविसङ्घले पूर्णता पाउँदै गर्दा समावेशी समानुपातिक सिद्धान्तलाई नजर अन्दाज गरिनु र महिला सहभागिता एकदमै न्यून हुनुले नेविसङ्घमा असमानताको अवस्था सिर्जना भएको प्रति सभापतिको ध्यानाकर्षण गराइएको छ ।