दमाैली । नेपाली काङ्गग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्ले केन्द्रीय अनुशासन समितिकाे सदस्य पदमा मनाेनित भएका छन् । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले वाग्लेलाई अनुशासन समितिकाे सदस्यमा मनाेनित गरेका हुन् ।
तनहुँका वाग्ले संविधानसभा सदस्य समेत हुन् । उनी देउवा निकट हुन् ।
देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (७) बमोजिम केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित उक्त समितिमा इश्वरी न्याैपाने, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरेका छन् ।