पाँच तारे होटल बाराही सेदीले आइपिओ निकाल्ने, एनएमबि क्यापिटल बिक्री प्रबन्धक नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पाँच तारे होटल बाराही सेदीले आइपिओ निकाल्ने, एनएमबि क्यापिटल बिक्री प्रबन्धक नियुक्त

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पाेखरा । पोखराको लेकसाइडमा बनिरहेको पाँच तारे होटल बाराही सेदी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच प्राथमिक सेयर निस्कासन प्रबन्धका लागि सम्झौतामा हस्ताक्षर भएको छ ।


    बाराही सेदी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्न यी दुई कम्पनीबीच सम्झौता भएको हो । यो सम्झौतापछि बाराही सेदी लिमिटेडको सेयर निस्कासन र बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको हो ।

    जारी पुँजी १ अर्व १६ करोड रुपैयाँ रहेको उक्त होटलले जारी पुँजीको १० प्रतिशत अर्थात ११ करोड ६० लाख रुपैयाँ बराबरको ११ लाख ६० हजार कित्ताको सेयर जारी गर्ने कम्पनीले जनाएको छ । उक्त साधारण सेयर निस्कासन गर्ने सम्बन्धी कार्यका लागि होटलले एनएमबि क्यापिटल लिमिटेडलाई धित्तोपत्र निस्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

    निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा बाराही सेदी होटल लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक विप्लव पौडेल तथा धित्तोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त हस्ताक्षर कार्यक्रममा बाराही ग्रुपका अध्यक्ष हरिप्रसाद पौडेल, बोर्ड सदस्य वसन्ती पौडेल, वैभव पौडेल सहितका सञ्चालक तथा कर्मचारीहरु तथा एनएमबि क्यापिटल लिमिटेडका कमलप्रसाद नेपाल तथा आशिष राज पाण्डे समेत सहभागी थिए ।

    नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पुरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाइने कार्यकारी सञ्चालक विप्लव पौडेलले बताए । करिब ५१ प्रतिशत निर्माण सम्पन्न भइसकेको उक्त होटल सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तीव्र गतिमा निर्माण कार्य भैरहेको । होटलमा १० वटा प्रिसिडेन्सियल स्विट सहित १५० कोठा र ११ वटा सर्भिस हाउस रहनेछन् । पोखराको लेकसाइडमै पाँच तारे होटलको माग बढ्दै गएकाले क्यासिनोसहितको सुविधा सम्पन्न होटल बनाउन लागिएको छ । एक हजार २ सय क्षमताको हल समेत रहने यो होटलमा इन्फिनिटी स्विमिङ पुल, हेल्थ क्लब, टावर लिफ्ट लगायत आकर्षण हुनेछन् ।