पाकिस्तानले नेपाललाई दियो ३४३ रनको विशाल लक्ष्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पाकिस्तानले नेपाललाई दियो ३४३ रनको विशाल लक्ष्य

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य लिएको छ ।

    मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीलाई नेपाली बलरहरुले दबाबमा राखेका थिए । २१ रन बनाउँदा फखार जमानलाई करण केसीले पभेलियनको बाटो देखाए । थप चार रन जोड्दा अर्का ओपनर इमाम उलहक रनआउट भए । कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिट मारेका थिए ।

    कप्तान बाबर आजमले पारी सम्हाले । उनले मोहम्मद रिवाजसँग ८६ रनको साझेदारी गरे । उनलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका थिए । थप २३ रन जोड्दा आगा सलमान पनि आउट भए । सन्दीप लामिछानेले उनलाई कुशल भुर्तेलको हातबाट क्याच गराएका थिए ।

    तर कप्तान बाबरले इफ्तिखार अहमदसँग मिलेर पाकिस्तानलाई विशाल योगफलमा पु¥याए । दुबैले पाँचौं विकेटका लागि २१४ रनको साझेदारी गरे ।
    ४१.२ओभरमा करियरको १९औं शतक बनाएका आजम ४७.६ ओभरमा १५० रन पुरा गरेका थिए । अर्को ओभरको अन्तिम बल खेल्नु अघि इफ्तिखारले पनि करियरको पहिलो शतक पुरा गरे ।