दमाैली । लायन्स क्लव अफ शुक्लागण्डकी सिस्टर्स गठन भएकाे छ । लायन्स क्लव अफ तनहुँ खैरेनीटारकाे प्रायाेजनमा लायन्स क्लव अफ शुक्लागण्डकी सिस्टर्स गठन भएकाे हाे ।
उक्त क्लवकाे अध्यक्षमा तुलसीकुमारी श्रेष्ठ चयन भएकी छन् । त्यस्तै प्रथम उपाध्यक्षमा बिर्सना श्रेष्ठ, द्वितीय उपाध्यक्षमा जाेशीला थापा, तृतीय उपाध्यक्षमा निर्मला अधिकारी, सचिवमा लालुमाया आले, काेषाध्यक्षमा रजनी थापा चयन भएका छन् ।
उक्त कार्यक्रममा लायन्स क्लवका डिष्ट्रिक गभर्नर परमेश्वर बराल, क्याबिनेट ट्रेजरर निश्चल पोख्रेल, लायन्स क्लव अफ खैरेनीटारका अध्यक्ष प्रमाेद लामिछाने लगायतले नवगठित कार्यसमितिलाई बधाई दिएका छन् ।