एशिया कपमा शतक प्रहार गर्नेलाई रु एक लाख दिने शुक्लाफाँटाको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एशिया कपमा शतक प्रहार गर्नेलाई रु एक लाख दिने शुक्लाफाँटाको निर्णय

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८०, सोमबार

    कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज एशिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई रु एक÷एक लाखसहित सम्मान गर्ने निर्णय गरेको छ । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मान र हौसला बढाउन नगर प्रमुखस्तरीय निर्णयअनुसार रकमसहित सम्मान गर्ने निर्णय गरिएको जानकारी दिए ।

    प्रतियोगिता अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । खेल आज दिउँसो श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । —