दमाैली । कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि तनहुँमा परीक्षा केन्द्र तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डले असोज ९ र १० गते सञ्चालन गर्ने ग्रेडवृद्धि परीक्षाका लागि तनहँुमा परीक्षा केन्द्र निर्धारण गरेको हो ।
परीक्षाका लागि बन्दीपुरस्थित पवित्रा मावि, खैरेनीटारस्थित खैरेनी मावि, दुलेगौडास्थित पञ्चमुनीदेव मावि, भिमादस्थित जनज्योति मावि, व्यासस्थित निर्मल मावि, सत्यवती मावि र बाल मन्दिरमा परीक्षा केन्द्र तोकिएको छ ।
कालिका मावि, परमानन्द संस्कृत गुरुकुलम, वेदवेदाङ्ग मावि, महेश संस्कृत गुरुकुलम तनहुँलाई चितवन र पार्वती मावि कोटालाई नवलपुर पायक पर्ने हुँदा सोही जिल्लामा केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जनाएको छ ।