पोखरा । कास्कीको काहुँखोलामा गएराति ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । तनहुँ घर भई पोखरा १३ कसेरीदाना बस्ने २० वर्षीय सुजन नेपालीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको कास्की ट्राफिक प्रहरीले जनाएको छ ।
कास्कीको मादी गाउँपालिका स्थित ताप्रेडाँडाबाट सिक्लेस बसपार्कतर्फ आउँदै गरेको ग१त ६०६७ नम्बरको ट्याक्टर अनियन्त्रण भई दुर्घटना हुँदा ट्याक्टरका सहचालक सुजन गम्भीर घाइते भएका थिए ।
ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको बताइन्छ । दुर्घटनापछि ट्याक्टर चालक सोमबहादर कामीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।