अन्तर्राष्ट्रिय तनहुँ समाज गठन, अध्यक्षमा त्रिपाठी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अन्तर्राष्ट्रिय तनहुँ समाज गठन, अध्यक्षमा त्रिपाठी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । मूल जन्मथलो तनहुँ जिल्ला रहेर संसारभर छरिएर रहेका तनहुँवासी प्रवासीको समाज गठन भएको छ । तनहुँका विभिन्न ठाउँमा जन्मघर भई विश्वका विभिन्न देशमा रहेका तनहुँवासीले अन्तर्राष्ट्रिय तनहुँ समाज गठन गरेका हुन् ।

    प्रविधिको प्रयोग गरी जुममार्फत् भएको भेलाबाट राजन त्रिपाठीको सभापतित्वमा उक्त समाज गठन भएको छ । आठ महादेशबाट आठ उपाध्यक्ष, तीन सचिव, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष सहित संसारका विभिन्न मुलुकबाट ३० सदस्यीय समिति गठन गरिएको छ । त्यस्तै समाजमा १४ सल्लाहकार समिति गठन भएको छ ।

    तनहुँको विकासमा सामूहिक योगदान गर्ने उद्देश्यले प्रेरित भएर गठित समाजको वरिष्ठ उपसभापतिमा लेख गुरुङ, महासचिवमा रविचन्द्र भट्टराई रहेका छन् । उपसभापतिमा दिपक खड्का, राजन अधिकारी, दिनेश जोशी, परशुराम अधिकारी, रजनजङ्ग शाही, सुरेन्द्र प्रधान, अनन्तराज सुवेदी, सचिवमा रमेश पोख्रेल, सुरेन्द्र लौडारी, पदम गिरी, कोषाध्यक्षमा कपिल वाग्ले, सहकोषाध्यक्षमा मिरा पौडेल रहेका छन् ।

    सदस्यहरुमा बिनु बस्नेत, शिव गौतम, दिपक महत, गोविना अधिकारी, उद्धव जिसी, राज गुरुङ, तेल गुरुङ, सुमनराज नहर्की, दिपक राना मगर, कृश सुनार, रेशम श्रेष्ठ, नवराज विक, मिनराज वाग्ले, सन्तोष रेग्मी, निता अधिकारी, लिला भट्टराई, नारायण श्रेष्ठ, रमेश काफ्ले, राम सापकोटा, कुलप्रसाद रेग्मी, विष्णुप्रसाद गिरी, सरिता बानिया बस्नेत, दुर्गा अधिकारी, प्रविण केसी, बुद्धि कुंवर, रामजीवि पन्थ, सन्तोषकाजी थापा, गोविना सुवेदी, अनिल गोदार रहेका छन् ।

    सल्लाहकारमा अलिनी सुवेदी पोख्रेल, अम्बर जोशी, बच्चुकैलाश कैनी, दिल्ली पौडेल, करिमबक्स मियाँ, केशव पौडेल, कृष्णजीवि पन्थ, मोहन गुरुङ, नारायण घिमिरे, निम थापा मगर, रन्जन मल्ल, रोहित गुरुङ, शुक्र श्रेष्ठ, सुरेन्द्र खड्का र टङ्क पौडेल रहेका छन् ।

    तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिले औपचारिक मान्यता दिएका सम्पूर्ण देशमा कार्यरत तनहुँ समाजका सम्बन्धित मुलुकका सभापतिहरू तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिको पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।

    संसारभर छरिएर रहेका तनहुँ निवासीहरू बिच आपसी समन्वय गर्दै तनहुँमा ज्ञान, सीप, प्रविधि हस्तान्तरण, नयाँ बजार माग अनुरूपको शिक्षा, प्राविधिक सीप विकास र स्वस्थ जस्ता विषयमा विशेष जोड दिँदै तनहुँको समग्र विकासमा समाजले भूमिका खेल्ने सभापति त्रिपाठीले जानकारी दिए ।

    कार्यक्रममा विदेशमा रहेर तनहुँ र नेपाललाई संसारभर चिनाउन अतुलनीय भूमिका खेल्ने डा. बच्चुकैलाश कैनी, डा. केशव पौडेल, डा. अलिनी पोख्रेल, वेदराज पराजुली, नेम थापा, विशाल गुरुङ लगायतले सम्बोधन गरेका थिए।