नवलपुरमा थपिए तीन कोरोना सङ्क्रमित, गण्डकी प्रदेशमा १३०५ पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    नवलपुरमा थपिए तीन कोरोना सङ्क्रमित, गण्डकी प्रदेशमा १३०५ पुग्यो

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०७७, आईतवार

    नवलपुर/गण्डकी प्रदेशको नवलपुरमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिएको परीक्षण अनुसार देवचुली नगरपालिका दुई पुरुष र एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
    थपिएकामध्ये ३७ र २४ वर्षीय पुरुष र ४० वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सबै व्यक्तिहरुलाई आइसोलेशन कक्षमा लगिसकिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार तीन सय पाँच पुगेको छ ।
    त्यस्तै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या एक हजार चार जना पुगेको छ ।