काठमाडौ । स्वर्गद्वारी आश्रम प्यूठानले नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आश्रमलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन र यसको सम्पत्ति संरक्षणका लागि पहल गर्न आग्रह गरेको छ । आइतबार स्वर्गद्धारी दर्शन गर्न पुगेका ओलीसँग आश्रमका स्वामी ध्यानानन्द गिरीले आश्रमको अवस्था र समस्या सम्बन्धमा ८ बुँदे आग्रह पत्र पेश गरेका छन् ।
गिरीले स्वर्गद्वारी आश्रममा संरक्षित गाईहरूका लागि व्यवस्थित गौशाला नभएकोले धेरै समस्या रहेको हुँदा करिब १ हजार गाई अटाउने व्यवस्थित गौशाला निमार्ण गर्नुपर्ने, दैनिक दर्शनार्थीहरुको चाप बढेसँगै हालको धर्मशालाहरू अपुग र जीर्ण भएकाले करिब १ हजार जनालाई व्यवस्थापन हुने गरी आधुनिक धर्मशालाहरू निर्माण गर्नुपर्ने, आश्रममा अध्ययनरत आवासीय विद्यार्थी(वटुक)हरूका लागि सुविधा सम्पन्न गुरुकुल भवनको अभाव भएकाले त्यसको व्यवस्था र अध्ययनका लागि आधुनिक पुस्तकालय भवन निर्माण गर्नुपर्ने भन्दै पहल गर्न ओलीसमक्ष आग्रह गरेका थिए ।
kp