दसैंमा जाेशीकाे शुभकामना : देशमा आमूल परिवर्तनकाे आवश्यकता छ (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दसैंमा जाेशीकाे शुभकामना : देशमा आमूल परिवर्तनकाे आवश्यकता छ (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै । नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व गृहमन्त्री गाेविन्दराज जाेशीे मुलुकमा आमूल परिवर्नकाे आवश्यकता रहेकाे बताएका छन् । दसैंकाे अवसरमा साेमबार शुभकामना दिँदै जाेशीले देश कहालीलाग्दाे अवस्थाबाट गुज्रिरहेकाे उल्लेख गरे ।

    उनले भने, ‘यो अवस्थाबाट बाहिर निस्कन देशमा आमूल परिवर्तनको आवश्यकता छ । यही नै अहिलेको यथार्थता हो ।’

    विगत केही समयदेखि देशमा देखिएको असुरक्षा,अभाव र अन्योलताको अवस्थाले देशमा अराजक स्थितिको सृजना हुदैछ भन्ने आभास सर्वत्र भइरहेको जाेशीकाे भनाइ छ । उनले भने, ‘विकास र समृद्धिका हाम्रा आकाङ्क्षाहरू निराशामा परिणत भएका छन् ।समृद्धिको जतिसुकै रटान लाए पनि अधिकांश जनताहरू बडा दशै जस्तो महान् चाडमा पनि हातमुख जोड्न नसक्ने अवस्थामा पुगेको यथार्थ हामी कसैका अगाडि छिपेको छैन ।’

    जाेशीले देशमा व्यापार–व्यवसाय समाप्त हुँदै गरेकाे बताउँदै सरकारको गलत आर्थिक नीतिका कारण आर्थिक विकाशको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्र दिन प्रतिदिन धराशायी बन्दै गएको आराेप लगाए । उनले भने, ‘कतिपय राजनीतिक दलहरूले आफ्नो मुख्य उपलब्धि मानेका सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षता हामीहरूका लागि बोक्नै नसक्ने भारी प्रमाणित हुँदै गएको छ । यसको परिवर्तन अहिलेको अपरिहार्य आवश्यकता भएको छ ।’