दमाैली । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालकाे दाेस्राे क्याविनेट बैठक तनहुँकाे दमाैलीमा हुने भएकाे छ । आगामी मङ्सिर ८ र ९ गते दमाैलीमा दाेस्राे क्याविनेट बैठक हुन लागेकाे हाे ।
लायन्स क्लब अफ तनहुँ, तनहुँ व्यास सिटी, तनहुँ भानुभक्त, तनहुँ सत्यवती, तनहुँ दमौली र तनहुँ डुम्रेको आतिथ्यतामा बैठक हुन लागेकाे क्लवका डिष्ट्रिक एडिसनल क्याबिनेट सेक्रेटरी सुजित हिराचनले जानकारी दिए ।
क्याविनेट बैठकका लागि लायन्सले बुधबार दमाैलीमा सचिवालय स्थापना गरेकाे छ ।