काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सामाजिक सद्भाव विथोल्ने काम भएको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटकमा प्रतिबन्द लगाउन गरेको निर्णयलगत्तै शर्माले ‘गर्धनमा पिलो आयो भने गर्धननै काट्ने प्रधानमन्त्रीज्यू’ भन्दै यस्तो निर्णय अबिलम्ब फिर्ता लिन ध्यानाकर्षण गराएका हुन् ।
कि जोखिम रहित उपचार खोज्ने ? टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लेउ’ उनले भनेका छन्, ‘सामाजिक–धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको शुसासनले हुने हो । सामाजिक संजाललाई आत्मानुशासनमा कसरी ल्याउने, खुला छलफल गरौं । तार्किक निष्कर्ष पहिल्याऔँ र पालना गरौं !’