सुदूरपश्चिमले पुलिसलाई हरायो, पुलिस पराजित भएपछि रनरेटमा अघि रहँदै मधेश सेमिफाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सुदूरपश्चिमले पुलिसलाई हरायो, पुलिस पराजित भएपछि रनरेटमा अघि रहँदै मधेश सेमिफाइनलमा

    खबरपुञ्ज संवाददाता

    ११ मंसिर २०८०, मंगलवार

    पाेखरा । केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले अन्तिम खेलमा सुदूरपश्चिमसँग हार बेहोरेपछि समूह चरणबाटै बाहिरिएको छ।

    पहिलो खेलमा मधेश प्रदेशलाई पराजित गरेको पुलिस मंगलबार पोखरा रंगशालामा भएको खेलमा सदुरपश्चिमसँग ४ विकेटले पराजित भयो। मधेशले भने सदूरपश्चिमलाई पराजित गर्न सफल भएको थियो।

    तीनै टिमले समान एकएक जित र एकएक हार बेहोरेपछि समान २-२ अंक भयो। नेटरन रेटमा मधेश अघि रह्यो भने पुलिस दोस्रो र सुदूपश्चिम तेस्रो स्थानमा रहे। यससँगै समूहबाट मधेश अन्तिम चारमा पुग्न सफल भयो। 

    Screenshot-2023-11-28-124903-1701155107.jpg

    मंगलबार पोखरा रंगशालामा पुलिसले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिमले ८ बल बाँकी छदा ६ विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि किरण ठगुन्नाले नटआउट ५१ रन जोडे। उनले ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

    नारायण जोशीले ७ बलमा नटआउट २ चौका र १ छक्का प्रहार गर्दै नटआउट १७ रन जोडे। त्यसअघि नरेन साउद ३९ रन जोडेर  आउट भएका थिए।

    बलिङमा पुलिसका रासिद खानले ३ विकेट लिए।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४ विकेटको क्षतिमा १५८ रन बनायो। पुलिसका लागि ओपनर कुशल भुर्तेलले ५१ बलमा ५ चौका र ५ छक्का हिर्काउँदै ६७ रन र सुनील धमलाले ४० बलमा ४२ रनको योगदान दिए।

    समूह ‘सी’ बाट मधेश सेमिफाइनल पुग्दा समूह ‘ए’ बाट बागमती र ‘बी’ बाट एपिएफ अन्तिम चारमा पुगिसकेका छन्।