जिल्लावासीकाे उपचारमा सांसद श्रेष्ठकाे सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्लावासीकाे उपचारमा सांसद श्रेष्ठकाे सहयाेग

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७७, मंगलवार

    तनहुँ/तनहुँ निर्वाचन क्षेत्र नं १ का सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले स्वास्थ्यमा समस्या भएर काठमाडाैमा उपचाररत जिल्लावासीलाई आर्थिक सहयाेग गर्नुभएकाे छ । सांसद श्रेष्ठले व्यास नगरपालिका-९ गजौंडे घर भई हाल निजामती अस्पताल मिनभवनमा उपचार गराइरहनुभएका दिलीप खनालकाे उपचारका लागि मङ्गलबार रु ५० हजार उहाँका परिवारलाई हस्तान्तरण गर्नुभएकाे हाे ।

    खनाल ब्लड क्यान्सरबाट पीडित हुनुहुन्छ । खनालकाे उपचार निजामति अस्पतालमा भएको र सो अस्पताल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहेको हुँदा सांसद श्रेष्ठले मन्त्री ह्दयेश त्रिपाठीलाई भेट गरि खनालको उपचारमा सहुलियत उपलब्ध गराउन समेत अनुराेध गर्नुभएकाे छ । मन्त्री त्रिपाठीले तत्कालै मन्त्रालयका सचिवलाई खनालको उपचारमा गर्न सकिने छुटको बारेमा छलफल गरि आवश्यक सहयोग गर्न निर्देशन दिनुभएकाे सांसद श्रेष्ठले जानकारी दिनुभयाे ।

    त्यस्तै सांसद श्रेष्ठले हृदयघात भई काठमाडौंको गङ्गालाल अस्पतालमा उपचार गराइरहनुभएका व्यास नगरपालिका-१ खकौली निवासी बलबहादुर दरैकाे उपचारका लागि मङ्गलबार नै रु दश हजार सहयाेग गर्नुभएकाे छ ।