यु १९ एसिया कप : नेपाल अफगानिस्तानसँग पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    यु १९ एसिया कप : नेपाल अफगानिस्तानसँग पराजित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । यूएईमा जारी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

    आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ७३ रनले हरायो ।

    नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ९१ रन बनाए । तर, अर्को इन्डबाट लगातार विकेट खसिरहँदा नेपाल लक्ष्यसम्म पुग्न सकेन ।

    नेपाल ४०.१ ओभरमा अलआउट भएको छ । अर्जुन अन्तिम विकेटका रूपमा आउट भए । १ सय ८ बल खेलेका अर्जुनले १३ चौका प्रहार गरे ।

    नेपाल अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । विपिन रावल ०, दीपक बोहरा १५, उत्तम मगर ४, आकाश त्रिपाठी ०, गुल्सन झा १७, दीपेश कडेँल ११, र कप्तान देव खनाल २४ रन बनाएर आउट भए ।

    नेपाललाई सस्तोमा समेट्न अफगानिस्तानका फरिदुन दाउदजई र नसीर खान मारुफखिलले ३–३ विकेट लिए ।

    यसअघि दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय ६१ रन बनाएको थियो ।

    अफगानिस्तानका लागि जमशीद जद्रानले १ सय ५३ बलमा १ सय ६ रनको सतकीय इनिङ सतकीय इनिङ खेलेका थिए ।

    नुमान शाहले ६०, रहिमुल्लाह जुर्मतीले ३५ र वफीउल्लाह तराखिलले १५ रन जोडेका थिए ।

    बलिङतर्फ नेपालका गुल्सन झा, हेमन्त धामी र सुभाष भण्डारीले २–२ विकेट लिए । आकाश चन्द्र र दीपेश कँडेलले १–१ विकेट लिए ।

    पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । नेपालले अब मंगलबार भारतसँग खेल्नेछ ।

    आजको हारसँगै नेपालको सेमिफाइनल यात्रा कठिन भएको छ । नेपालले अन्तिम खेल भारतसँग खेल्ने छ ।