दश दिनपछि सदरमुकाम दमाैलीको फोहर उठ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दश दिनपछि सदरमुकाम दमाैलीको फोहर उठ्यो

    खबरपुञ्ज संवाददाता

    ११ माघ २०८०, शुक्रबार

    दमाैली । तनहुँ सदरमुकाम दमौलीमा दश दिनदेखि थुप्रिएको फोहर शुक्रबार उठेको छ । नगरपालिकाले गत माघ २ गतेदेखि नउठाएको नकुहिने फोहर आजदेखि उठाएको हो ।

    नगरपालिकाले विशेषकारण भन्दै त्यसदिनदेखि नकुहिने फोहर उठाएको थिएन । कुहिने फोहर भने दिन बिराएर उठाउँदै आइएको थियो ।

    व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङले शुक्रबारदेखि नियमित रुपमा फोहर उठ्ने जानकारी दिए । बजार क्षेत्रबाट उठाइएको नकुहिने फोहर व्यास नगरपालिका–३ भतेरीमा फाल्ने गरिएको छ ।

    नगरपालिकाले फोहर नउठाउँदा चोक–चोकमा फोहर थुप्रिएको थियो । फोहर नउठ्दा बजार दुर्गन्धित हुन थालेको थियो । फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले सधैं समस्या भोग्दै आएको छ ।