प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार न्यौपानेलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार न्यौपानेलाई

    खबरपुञ्ज संवाददाता

    २१ माघ २०८०, सोमबार

    दमाैली । प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार कृष्ण न्यौपानेलाई प्रदान गरिने भएको छ ।

    २६ औं स्थापना दिवसका अवसरमा शाखाको सोमबार बसेको बैठकले न्यौपानेलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

    उक्त पुरस्कार प्रेस स्वतन्त्रता दिवसको अवसरमा हुने कार्यक्रममा प्रदान गर्ने निर्णय भएको शाखा अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । पुरस्कारको राशी रु दश हजार रहेको छ ।

    पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै न्यौपानेलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । प्रेस चौतारी तनहुँका उपाध्यक्ष न्यौपाने खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक हुन् । न्यौपाने राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत छन् ।

    प्रेस चौतारीले मरेर बाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रदर्शन गरेर बेचेको रकमबाट रु एक लाखको पत्रकारिता अक्षयकोष स्थापना गरेको छ । उक्त कोषको व्याजबाट प्रत्येक वर्ष एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ । यसअघि उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का र बसन्ती बास्तोला पुरस्कृत भइसकेका छन् ।