काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ-२ का सांसद शंकर भण्डारीको नेतृत्वमा सनातन नेपालमा हिन्दूराष्ट्र स्थापनाका लागि महाअभियानको घोषणा भएको छ।
संविधानविद् तथा पूर्वसभामुख दमननाथ ढुंगानाकोको सल्लाह र सुझावको आधारमा भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापनाका महाअभियान घोषणा भएको हो। भण्डारीका अनुसार आफूलाई संयोजक तोके पनि कमिटी गठन भएको छैन।
उनले भने- ‘हिजो मलाई बैठकले संयोजक तोकेको छ । कमिटी तोक्न बाँकी छ । संविधानविद् तथा पूर्व सभामुख दमननाथ ढुङ्गानाको सहभागिता, सल्लाह र सुझावको आधारमा मलाई संयोजक तोकिएको हो । कार्यसमिति बनाउन बाँकी छ । कांग्रेस सांसद समेत रहेका भण्डारीले पार्टीभित्र पनि हिन्दू राष्ट्रको पक्षमा मुद्दा उठाउँदै आइरहेका छन् ।’