सङ्गम क्लवको साधारणसभाप्रति असन्तुष्ट पक्षको आपत्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सङ्गम क्लवको साधारणसभाप्रति असन्तुष्ट पक्षको आपत्ति

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । दमौलीस्थित सङ्गम क्लवको फागुन १९ गते बोलाइएको साधारणसभाप्रति असन्तुष्ट पक्षले आपत्ति जनाएका छन् । सङ्गम क्लवका पूर्व अध्यक्ष मछिन्द्रादेवी श्रेष्ठ, पूर्व सचिव सानुकाजी यथार्थ, आजिवन सदस्य होमकुमारी श्रेष्ठले शुक्रबार प्रेस विज्ञप्ती जारी गरी क्लवले आह्वान गरेको साधारण सभाप्रति असन्तुष्टि जनाएका हुन् ।

    क्लव सामाजिक संस्था भएको बताउँदै विज्ञप्तीमा हस्ताक्षर गर्नेहरुले आफूहरु क्लवलाई समाजको बनाउन लागिपरेको जनाइएको छ ।

    क्लवका तत्कालिन अध्यक्ष मेघराज काफ्ले विरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँमा उजुरी परेको र सो विवादित मुद्धा कायमै रहेको अवस्थामा संरक्षक नरेन्द्रराज वाग्लेले आफूलाई अध्यक्षमा स्वघोषणा गरेको असन्तुष्ट पक्षधरको आरोप छ ।

    अध्यक्ष काफ्लेले अधिवेशन नगराई क्लवको विधान विपरित आफू अनुकुलका मानिस जम्मा गरी स्वेच्छाचारी ढङ्गबाट विभिन्न कार्य गर्दै आएको आरोप लगाइएको छ ।