नेकपा एसले दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    नेकपा एसले दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०८०, बुधबार

    काठमाडौ । सत्ता साझेदारनेकपा (एकीकृत समाजवादी) पार्टीले पार्टी गण्डकी प्रदेशमा चौथो पटक मन्त्री भएका दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने भएको छ।

    बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। स्वतन्त्र हैसियतमा २०७९ मा विजयी उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। तर हालै मात्र उक्त पार्टी छाडेका मनाङे कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भइसकेकका छन्।

    मनाङे पार्टी प्रवेश गरेपछि आफूहरूले मन्त्रीसमेत बनाएको अवस्थामा अहिले छलफल नै नगरी समीकरण बदलेर कांग्रेस नेतृत्वकव सरकारमा मन्त्री बन्न गएकाले स्पष्टीकरण सोध्ने निर्णय गरिएको सचिव जीवनराम श्रेष्ठले बताए।