दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा चक्कु प्रहार गरी छोराले आज बाबुको हत्या गरेका छन् । हत्या अभियोगमा प्रहरीले २६ वर्षीय दिपक विकलाई पक्राउ गरेको छ ।
म्याग्दे गाउँपालिका–६ घर भई हाल घारीस्थित छोरी रश्मी विकको घरमा बस्दै आउनुभएका ७६ वर्षीय रापबहादुर विकको चक्कु प्रहार गरी हत्या भएको छ । हत्याको अभियोगमा प्रहरीले दिपकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरिक्षक दिपककुमार रायले जानकारी दिए ।