बाराका आगलागी पीडितलाई सांसद श्रेष्ठको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बाराका आगलागी पीडितलाई सांसद श्रेष्ठको सहयोग

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०८१, शनिबार

    काठमाडाै । बाराको फेटा गाउँपालिका–४ चिलझपटीका आगलागी पीडितलाई बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले सहयोग गरेका छन् ।

    आगलागीबाट चार घर जलेर नष्ट भएका पीडितलाई सांसद श्रेष्ठले खाद्यान्न र अत्यावश्यक सामग्री सहयोग गरेका हुन् । पीडितलाई आवास निर्माणका लागि सक्दो सहयोग गर्ने सांसद श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।

    May be an image of 11 people and tree

    आफ्नो प्रतिकूल स्वास्थ्य स्थितिका कारण जनताको दुःखमा उपस्थित हुन नसकेकामा क्षमा माग्दै श्रेष्ठले स्वास्थ्य लाभ हुने बित्तिकै जनताको पीडामा थप मलम लगाउन उपस्थित हुने उल्लेख गरेका छन् ।

    श्रेष्ठले भनेका छन्, “बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर–१ चिलझपटी गाउँमा गत बिहिबार आगलागीबाट चार घर जलेर नष्ट भएको घटनाले मर्माहत भएको छु । मेरै निर्वाचन क्षेत्रमा यति ठूलो घटना हुँदा पनि प्रतिकुल स्वास्थ्यस्थितिका कारण जनताको दुःखमा उपस्थित हुन नसक्दा झनै दुखित बनेको छु । यसका लागि क्षमाप्रार्थी छु । यद्यपि, जनताका पीडा मेरा पनि पीडा हुन् ।”

    May be an image of 2 people