कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०८१, सोमबार

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।सोमबारको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन् ।कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ ।

    आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो । ९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ति असंवैधानिक तरिकाले भएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।

    हिक्मतको नियुक्तिविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिटसमेत दायर गरेका छन् ।