राष्ट्रिय परिचयपत्र बनाउन आउने ज्येष्ठ नागरिकलाई सुदीपले खाना खुवाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    राष्ट्रिय परिचयपत्र बनाउन आउने ज्येष्ठ नागरिकलाई सुदीपले खाना खुवाउने

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०८१, बिहीबार

    दमाैली । राष्ट्रिय परिचयपत्र बनाउन आउने ज्येष्ठ नागरिकलाई सामाजिक अभियान्ता व्यास नगरपालिका–२ निवासी सुदीप गफ्फारले खानाको व्यवस्था गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा हाल बिहान ६ बजेदेखि परिचयपत्रका लागि ज्येष्ठ नागरिकको भीड लाग्ने गरेपछि गफ्फारले खाना खान नपाउने ज्येष्ठ नागरिकलाई खानाको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

    उनले भने, “सेवा लिन आउने बुबाआमाहरु भोकभोकै बस्नुपरेको अवस्था रहेछ, शुक्रबारदेखि सेवा लिन आउने बुबाआमालाई जति जना जहाँबाट आएपनि सम्पूर्णलाई खाना खुवाउने व्यवस्था गर्नेछु ।”

    Video :

    म बद्लिय मेरो देश बद्लिने छ खाना जीवन को अभिन्न अङ्ग हो तनहु जिल्ला का हरेक क्षेत्र बाट रास्ट्रिय परिचय पत्र बनाउन आउने बिहान बाट भोको रहनु हुने आमा बुबा को लागि भोलि शुक्रबार बाट उहाहरु जबसम्म भोको पेट रास्ट्रिय परिचय पत्र बनाउन आउनु बस्नु हुन्छ तबसम्म उहाहरु लाई खाना खुवाउने वचन गर्दछु र खाना खाने समय बिहान को 9 30 देखि 11 30 सम्म रहने छ महम्मद गफ्फार (सुदिप) सामाजिक अभियन्ता

    Posted by Sud Dip on Wednesday, May 29, 2024