दमौली । तनहुँको व्यास नगरपालिका-१ अम्रेनीमा ट्यांकरको ठक्करबाट मृत्यु भएका प्रविण कैनीका आफन्तले अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाएको छ ।
निर्माणाधीन मुग्लिन पोखरा सडक योजना अन्तर्गत चिनियॉ कम्पनीको पानी ट्यांकरले ब्याक गर्ने क्रममा मृत्यु भएका कैनीका परिवारले उचित क्षतिपूर्ति माग गर्दै दिउँसो १२ बजेदेखि अवरुद्ध गरेको सडक प्रहरीले सॉझ ६ बजेदेखि खुलाएको हो ।
पीडित परिवार र चिनियॉ कम्पनीबीच दिनभर बसेको वार्ता निष्कर्षविहिन सकिएको छ ।