रोटरी काठमाडाै मेट्रो र काठमाडाै हेरिटेजद्धारा निशुल्क स्वास्थ्य शिविर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रोटरी काठमाडाै मेट्रो र काठमाडाै हेरिटेजद्धारा निशुल्क स्वास्थ्य शिविर

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०८१, शुक्रबार

    काठमाडाै । रोटरी क्लब अफ काठमाण्डौं मेट्रो र रोटरी क्लब अफ काठमाण्डौ हेरिटेजद्धारा निशुल्क स्वास्थ शिविर आयोजना गरेको छ । केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धाराका ७२ जना महिला कैदीहरुलाई निशुल्क स्वास्थ जाँच गरी औषधी वितरण गरिएकाे छ ।

    दुवै क्लबका सदस्यहरु, रोट्रर्याक सदस्यहरु तथा कारागारका कर्मचारीहरुको सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा स्त्री रोग बिशेषज्ञहरुले उपस्थित महिला कैदीहरुलाई विभिन्न स्त्री रोगहरुको बारेमा जानकारी गराउँदै त्यसका लागि उपचार तथा अपनाउनुपर्ने सावधानीहरुको बारेमा जानकारी गराएका थिए।

    रोटरी काठमाण्डौं मेट्रोले यस्ता बिभिन्न खालका सामाजिक कार्यहरु गर्दै आईरहेको छ भने रोटरी काठमाण्डौं हेरिटेज समाजिक कार्यमा होमिनको लागि हालसालै खोलिएको नयाँ रोटरी क्लब हो । यस कार्यक्रमले स्वास्थ जाँच भएका महिला कैदीहरुकाे स्वास्थमा लाभ भई उनीहरुको आर्थिक, सामाजिक र ब्यक्तिगत जीवनमा पनि सकरात्मक प्रभाव पर्ने दुबै क्लबले विश्वास लिएको छ ।