दक्षिण अफ्रिकाद्वारा नेपाललाई ११६ रनको लक्ष्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    दक्षिण अफ्रिकाद्वारा नेपाललाई ११६ रनको लक्ष्य

    खबरपुञ्ज संवाददाता

    १ असार २०८१, शनिबार

    काठमाडौ । आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी खेलमा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो।

    दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्स सर्वाधिक ४३ रन बनाए। त्यसैगरी एडेन मार्करामले १५ रन, क्विन्टन डे ककले १० रन,डेभिड मिलरले ७ रन,हेनरिक क्लासेनले ३ रन, रनको योगदान गरे।

    नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन।

    नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ । दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ । 

    नेपालले आज एक खेलाडी परिवर्तन गरेको छ। स्पिनर सन्दीप लामिछाने नेपालको प्लेइङ-११ मा हुँदा सागर ढकाल बेन्चमा छन् ।

    नेपाली टोली : 
    कुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह , रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा