राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि ज्येष्ठ नागरिकले सास्ती पाए : डा. वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि ज्येष्ठ नागरिकले सास्ती पाए : डा. वाग्ले

    खबरपुञ्ज संवाददाता

    ६ असार २०८१, बिहीबार

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर स्वर्णिम वाग्लेले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जेष्ठ नागरिकलाई सास्ती भएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद वाग्लेले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जष्ठ नागरिकले सास्ती खेप्नु परेको बताएका छन्।

    डाक्टर वाग्लेले, ‘भने राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि देशका धेरै जिल्लामा प्रशासन कार्यालयमा जेष्ठ नागरिकको भिड बढेको छ । मेरै निर्वाचन क्षेत्रमा पनि वृद्धवृद्धाको भीड बढ्दो छ । तीन वटा दर्ता कक्ष थपेर पालिकामा पनि विवरण दर्ताको काम अगाडी बढेको छ ।’