अन्त:शुल्कको स्टिकर खरिदमा मुख्यसचिव डा. अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा दायर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अन्त:शुल्कको स्टिकर खरिदमा मुख्यसचिव डा. अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    खबरपुञ्ज संवाददाता

    ९ असार २०८१, आईतवार

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्त:शुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अहिले विशेष अदालतमा अख्तियारले पेश गरेको आरोपपत्र, मुद्दाको मिसिल र प्रमाण कागजात रुजु गर्ने काम भइरहेको छ ।

    आरोपपत्र दर्ता हुनासाथ मुख्यसचिव डा. अर्याल स्वतः निलम्बनमा पर्नेछन् । बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लागेको नेपालको निजामती इतिहासमा यो सम्भवतः पहिलो घटना हो ।