तनहुँमा अनलाइन जुवा खेलाउने पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा अनलाइन जुवा खेलाउने पक्राउ

    खबरपुञ्ज संवाददाता

    १६ असार २०८१, आईतवार

    दमाैली । तनहुँमा अनलाइन जुवा खेलाउने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नरपालिका–३ खहरे बस्ने अमृतकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    निजले अनलाइन बेटिङ खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भानुबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपककुमार रायले जानकारी दिए।

    प्रहरीले निजको भानु अनलाइन पसलबाट अनलाइन बेटिङमा प्रयोग गरेको ट्याब एक थान, मोवाइल लगायतका सामग्री बरामद गरेको छ । निजविरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँबाट जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।