


दमौली । तनहुँको व्यास नगरपालिका–१३ छाब्दीदोभानस्थित सेती मादी नदीको किनारमा आइतबार एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३०÷३५ वर्षीय पुरुषको शव नदी किनारमा तैरिरहेको अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले उक्त व्यक्तिको पहिचान हुन नसकेको जानकारी दिए । शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको र पहिचानका लागि प्रयास भइरहेको उनले बताए ।
अन्दाजी पाँच फिट एक इन्च उचाइ, बायाँ हातमा छ वटा औला भएका, बाटुलो अनुहार, शरीरको बाहिरी छाला खुइलिएका ती व्यक्तिको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।