तनहुँ थर्पुबाट नाबालिकालाई पोखरा पुर्याएर जबरजस्ती करणी गर्ने दुई पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    तनहुँ थर्पुबाट नाबालिकालाई पोखरा पुर्याएर जबरजस्ती करणी गर्ने दुई पक्राउ

    खबरपुञ्ज संवाददाता

    २३ असार २०८१, आईतवार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पुबाट नाबालिकालाई ललाई फकाई पोखरा पुर्याएर जबरजस्ती करणी गर्ने दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ गा.पा. वडा नं. १० गोपालपुर स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा महानगरपालिका-११ रानीपौवा बस्ने २१ वर्षीय अरुणकुमार दास र भारत बिहार प्रदेश सीतामणि जिल्ला डुमरा थाना सुरसड पक्ष्मी वार्ड नं. १ सुरसड गाउँ घर भइ हाल जिल्ला कास्की पोखरा महानगरपालिका-११ रानीपौवा १९ वर्षीय सुनिल दास भन्ने सुनिल कुमार रहेका छन् ।

    गत असार थर्पुबाट नाबालिकालाई ललाई फकाई छलकपट गरी झुक्यानमा पारी, डरत्रास देखाई ग ८ प ४२८० नम्बरको मोटरसाईकलको बिचमा राखी भाग्न उम्कन नदिई पोखरा रानीपौवास्थित डेराकोठामा ल्याई बन्धक बनाएका थिए ।

    असार १८ गते बिहान पालैपालो सामुहिक रुपमा जबर्जस्ती करणी गरी दिउँसो पोखराबाट तनहुँ फर्किने क्रममा कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउसबाट निजहरुलाई पक्राउ गरिएको कास्की प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।

    निजहरु विरुद्ध कास्की जिल्ला अदालतबाट अपहरण वा शरिर बन्धक तथा जबर्जस्ती करणी सम्बन्धी मुद्दामा म्याद थप गरिएको छ ।