स्वर्णिमलाई राजेन्द्र बजगाईँको प्रश्न- देउवाले दिएको नियुक्ति खाएर कांग्रेसलाई नैतिकता सिकाउने ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    स्वर्णिमलाई राजेन्द्र बजगाईँको प्रश्न- देउवाले दिएको नियुक्ति खाएर कांग्रेसलाई नैतिकता सिकाउने ?

    खबरपुञ्ज संवाददाता

    २४ असार २०८१, सोमबार

    काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले रास्वपा सांसद स्वर्णिम वाग्लेले शेरबहादुर देउवा र कांग्रेससँग नैतिकताको प्रश्न उठाउने हैसियत नराख्ने दाबी गरेका छन् ।

    प्रतिनिधि सभाको सोमवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बजगाईँले देउवाले दिएको नियुक्ति खाएर पहिचान बनाएका वाग्लेसँग नैतिकताको प्रश्न उठाउने ठाउँ नरहेको बताए ।

    सांसद बजगाईँले भने- एक पटक सीके राउतले बालेन शाहलाई पक्राउ गर्ने कुरा छलफल भयो थियो सरकारमा भन्नुभयो । त्यसमा त्यसमा मेरो पार्टीको सभापतिले आपत्ति जनाउनुभयो । म त्यस्तो पार्टीमा छु । कैलाश सिरोहियालाई पक्राउ गर्दा नयाँ पार्टी भएर आएका साथीहरूले प्रेस रिलिज गरेर पक्राउ गरेको ठिक छ भनेर सन्देश दिनुभयो । हाम्रो सभापतिले पाना पल्टाउँदै गयो भने उहाँबाट (कान्तिपुर) धेरै पटक आक्रमण खेपेको छु, तर पक्राउ गर्न हुँदैन भन्नुभयो । मैले हाम्रो सभापतिलाई कारबाही होस् भनेर २०७४ सालमा उजुरी दिएँ तर उहाँले मलाई गत निर्वाचनमा टिकट दिएर पठाउनुभयो । मेरो पार्टी भनेको त्यस्तो हो । एक जना विद्धान माननीयले जसले हाम्रै सभापतिको हातबाट नियुक्ति खानुभयो त्यो पनि राष्ट्रिय योजना आयोगमा । हाम्रो पार्टीबाट उदाएर अर्कोमा गएर चुनाव जितेर आएका विद्धान मित्रले हामीलाई नैतिकताको पाठ सिकाएकोमा उदेक लागेको छ ।

    सांसद बजगाईँले देउवाले दिएको नियुक्ति खाएर देउवालाई नै नैतिकता सिकाउन नमिल्ने भन्दै वाग्लेलाई आफूहरूले नैतिकता सिकाउने बताए ।

    वाग्लेले सोमवारै बेचन झाको पक्राउपछि सरकार ढाल्ने खेल भएको र तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा तथा उनको परिवार नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको आरोप लगाएका थिए ।

    (नेपाल प्रेसबाट)