प्रधानमन्त्री नियुक्तिपछि ओलीले भने– सबैमा सम्मान, सबैलाई धन्यवाद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री नियुक्तिपछि ओलीले भने– सबैमा सम्मान, सबैलाई धन्यवाद

    खबरपुञ्ज संवाददाता

    ३० असार २०८१, आईतवार

    काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिएका छन् ।

    आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । लगत्तै सामाजिक सञ्जालमा ओलीले लेखेका छन्, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद ।’

    नवनियुक्त प्रधानमन्त्री ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।