कर्मचारी हटाउने निर्णय नसच्याए आन्दोलन गर्ने भानुका कर्मचारीको चेतावनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    कर्मचारी हटाउने निर्णय नसच्याए आन्दोलन गर्ने भानुका कर्मचारीको चेतावनी

    खबरपुञ्ज संवाददाता

    ३२ असार २०८१, मंगलवार

    दमौली । तनहुँको भानु नगरपालिकामा कार्यरत कर्मचारीहरुले नगरपालिकाले हटाएका करारका कर्मचारी पुनर्वहाली गर्न माग गरेका छन्। नगरपालिकामा कार्यरत कर्मचारीले मंगलबार संयुक्त विज्ञप्ती जारी नगर कार्यपालिकाले गरेको निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

    नगरका नागरिकहरुको सेवा, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा दिन रातको परवाह नगरि खटिने ६ जना प्राविधिक कर्मचारीहरुलाई सेवाबाट हटाउने गरि गरिएको निर्णयले सम्पूर्ण कर्मचारीहरुको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । नगर सभाले कर्मचारी हटाउने सन्दर्भमा कार्यालयको कार्यबोझ, कर्मचारीको कार्यसम्पादन स्तर विशिष्ट प्रकृतीको ज्ञान, सीप जस्ता विषयमा संवेदनशील ढंगले अध्ययन नै नगरि गरिएको अन्यायपूर्ण निर्णय विधि सम्वत नदेखिएको उनीहरुको भनाई छ ।

    विज्ञप्तीमा भनिएको छ, ‘कर्मचारी हटाउने र राखे पनि कानूनी प्रावधानहरु छन् । कार्य सम्पादन मूल्याङ्कनको अध्ययन, स्पष्टिकरण र सफाईको अवसर नै प्रदान नगरि स्वतः निष्कासन गर्ने गरिएको अपरिपक्व निर्णयलाई अविलम्ब सच्याउन जोडदार आग्रह गर्दछौं ।’

    भानुवासीलाई उपलब्ध गराउने सेवा र नगरको समृद्धिको खातिर इमान्दार, दक्ष, कर्तव्यनिष्ट कर्मचारीहरु अविलम्व पुर्नवहाली गर्न पुनः माग गर्दै अन्यथा बाँकी रहेका कर्मचारीहरु समेत सेवा अवरुद्ध गरि न्याय र हक स्थापित गर्न ट्रेड युनियन अधिकारीको उपयोग गरि आन्दोलन गर्ने उल्लेख गरिएको छ ।