बंगलादेशमा अध्ययनरत १७ जना नेपाली विद्यार्थीहरूलाई स्वदेश फर्काइँदैछः प्रधानमन्त्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बंगलादेशमा अध्ययनरत १७ जना नेपाली विद्यार्थीहरूलाई स्वदेश फर्काइँदैछः प्रधानमन्त्री

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८१, शनिबार

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा समस्यामा परेका १७ जना नेपाली विद्यार्थीलाई आइतबार स्वदेश फर्काउन प्रबन्ध मिलाइएको जानकारी दिएका छन् ।

     परिवारको माग बमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई  आइतबार बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको ओलीले शनिबार राति फेसबुकमार्फत जानकारी दिएका हुन् । 

    बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन्।