लीला गिरी होइन, चेतनारायण आचार्य बन्नेछन् लुम्बिनीका मुख्यमन्त्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लीला गिरी होइन, चेतनारायण आचार्य बन्नेछन् लुम्बिनीका मुख्यमन्त्री

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०८१, सोमबार

    काठमाडौं । एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारेको छ । यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै भए पनि एमाले केन्द्रको निर्देशनमा आचार्यलाई अघि बढाइएको हो ।

    एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चाैधरीले आचार्य मुख्यमन्त्री बन्ने पुष्टि गरे । ‘पार्टीले आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेको छ,’ उनले भने, ‘अब आचार्य नै मुख्यमन्त्री बन्नुहुन्छ ।’

    अब बन्ने मुख्यमन्त्री आचार्यले दलको  नेता लीला गिरी भए पनि मुख्यमन्त्रीमा आफूले दाबी पेश गर्न लागेको बताए । कांग्रेस नेता डिल्ली चाैधरी आएपछि प्रदेश प्रमुखकहाँ जाने उनले सुनाए ।