राइड सेयरिङको विरोधमा आजदेखि गण्डकी प्रदेशमा यातायात बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    राइड सेयरिङको विरोधमा आजदेखि गण्डकी प्रदेशमा यातायात बन्द

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०८१, आईतवार

    पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले गण्डकी प्रदेशमा आइतबारदेखि अनिश्चितकालका लागि सार्वजनिक सवारी बन्द आह्वान गरेको छ । 

    प्रदेश सरकारले आफूहरुको मागको बेवास्ता गरेको भन्दै आइतबारदेखि सवारी ग्यारेजमै थन्काउने महासंघले घोषणा गरेको छ । 

    महासंघ प्रदेश अध्यक्ष केदार पौडेलले आफूहरुको मागलाई बेवास्ता गरिएकाले आइतबारदेखि सवारी नचलाउने निर्णय भएको जानकारी दिए । 

    राइड सेयरिङलाई कानुनी मान्यता दिन नहुनेसहित विभिन्न माग राखेर व्यवसायी गत बिहीबारदेखि आन्दोलित छन् । व्यवसायीले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए । तर, मन्त्री राजीव गुरुङ (दीपक मनाङे) राइड सेयरिङलाई कानुनको दायरामा ल्याएर मान्यता दिने पक्षमा छन् ।