उत्तरी गोरखामा पहिरोले पुरिएका २ जनाको उद्धार, एकै परिवारका ३ सहित ५ जना बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उत्तरी गोरखामा पहिरोले पुरिएका २ जनाको उद्धार, एकै परिवारका ३ सहित ५ जना बेपत्ता

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०८१, आईतवार

    गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ रेसेफाँटमा पहिरो जाँदा एकै घरपरिवारका तीन जनासहित पाँच जना बेपत्ता भएका छन् ।आइतवार बिहान करिब तीन बजे स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एक घर पहिरोले बगाएको हो ।

    पहिरोमा पुरिएर जीतबहादुरसहित उनकी श्रीमती वर्ष ३५ की कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ वर्षीय रमेश परियार बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    ‘बेपत्ता हुनेमा एकै घरपरिवारका तीन जना र बाँकी दुई जना त्यही फर्ममा काम गर्ने भन्ने बुझिएको छ,’ प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘प्रहरी र स्थानीय मिलेर उनीहरुको खोजी कार्य भइरहेको छ ।’