दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाको सूचना अधिकारीमा श्रीराम खनाल तोकिएका छन् । गाउँपालिकाकाले आइतबारदेखि लागु हुने गरी अधिकृत स्तर सातौ कर्मचारी खनाललाई सूचना अधिकारी तोकेको हो ।
अर्को व्यवस्था नभएसम्मका लागि खनाललाई गाउँपालिकाको सूचना अधिकारीको जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
प्रत्येक कार्यालयले सूचना अधिकारी तोक्नुपर्ने कानूनी प्रावधान रहेको छ ।