स्थानीय तह उपनिर्वाचनका लागि नामावली दर्ता गर्न आयोगको आह्वान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    स्थानीय तह उपनिर्वाचनका लागि नामावली दर्ता गर्न आयोगको आह्वान

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहमा  उपनिर्वाचनको तयारी सुरु गरेको छ । नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष गरी रिक्त रहेका ३४ पदका लागि उपनिर्वाचनको तयारी सुरु भएको जनाएको छ । 

    आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि नामावली दर्ता गराउन आह्वान गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी योग्यता पुगेका नेपाली नागरिकलाई प्रदेश तथा जिल्ला निर्वााचन कार्यालयमा अनलाइन फारम भरी नाम दर्ता गर्न अनुरोध गरेको हो ।

    मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचन मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यस्था रहेको जनाउँदै आयोगले समयमै नाम दर्ता गर्न आह्वान गरेको हो ।

    २०७९ साल वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि देशभरका नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाअध्यक्ष गरी ३४ पद खाली रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।