


काठमाडौ । डेब्यु खेलमै केलियन एमबाप्पेले गरेको गोलको मद्दतमा रियल मड्रिडले युइएफए सुपर कप जितेको छ।
नेसनल रंगशालमा बुधबार राति सम्पन्न खेलमा रियलले एटलान्टालाई २–० मा रोक्दै उपाधि रक्षा गरेको हो ।
रियलका लागि फेडरिको भल्भर्डोले ५९औं र एमबाप्पेले ६८औं मिनेटमा गोल गरे ।
रियलका लागि डेब्यु खेल खेलेका एमबाप्पेले पहिलो खेलमै गोलको खाता खोलेका हुन् ।